एजेन्सी, ८ कार्तिक । इंग्लिस प्रिमियर लिग फुटबल इपिएलमा आजराती म्यानचेस्टर युनाईटेड र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । म्यान्चेस्टर युनाईटेडले घरेलु मैदानमा चेल्सीको सामना गर्नेछ ।
युनाईटेड र चेल्सीबीचको खेल नेपाली समय अनुसार सवा १० बजे सुरु हुनेछ । घरेलु मैदानमा युनाईटेड चेल्सीलाई हराउने दाउमा हुनेछ । तर, बलियो चेल्सीलाई हराउन युनाईटेडलाई कठिन देखिएको छ । युनाईटेडलाई घरेलु मैदानको फाइदा भने हुनेछ ।
यस सिजन मिश्रित नतिजा निकाल्दै आएको युनाईटेडले ४ खेलमा ६ अंक जोडेको छ । १५ औं स्थानमा रहेको युनाईटेड चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । चेल्सीले ५ खेलमा ८ अंक जोडेको छ । तालिकाको नवौं स्थानमा रहेको चेल्सी पनि अंक जोड्ने दाउमा हेको छ ।