दाङ, ३१ भदौ । दाङमा मगंलबार करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालीका १० नारायणपुर उत्तर अम्रराईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रसान्त चौधरी र ३ वर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सोही ठाउँको एक घरमा मृत्यु पश्चातको शुद्धशान्ती कार्यक्रममा पानी तान्नका लागि कुलोमा मोटर जडान गरिएको त्यहि कुलोमा बालबालिकाहरु खेल्दा करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिनुभयो । ‘ उनीहरुलाई कति बेला करेन्ट लागेको हो, कसैलाई थाहाँ भएन छ , करिब २ बजेतिर एक जना बच्चाले कुलोमा उनीहरुलाई देखिपछि सबैले थाहाँ पाएछन्,’ उहाँले भन्नुभयो । उनीहरुको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरले जनाएको छ ।