श्राद्धकाे खाना खादा एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १० २०८३, बिहीबार

श्राद्धकाे खाना खादा एउटै टोलका १६ जना बिरामी, एक जनाको मृत्यु

कैलाली, ३१ भदौ । श्राद्धकाे खाना खादा कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन् भने एक जनाकाे मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्वर १० खमौराका १६ जना बिरामी परेका हुन्।

बिरामीहरुमध्ये एकजनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिनुभयो । उहाँको अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका वडा नम्वर १० का सुरेश बोहराको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोदावरी नगरपालिका वडा नम्वर १० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार