जनआन्दोलनमा भत्काइएको त्रिभुवनको शालिककाे पुर्ननिर्माण कार्य शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

जनआन्दोलनमा भत्काइएको त्रिभुवनको शालिककाे पुर्ननिर्माण कार्य शुरु

नेपालगञ्ज,३१ भदाै । जनआन्दोलनका क्रममा भत्काइएको नेपालगञ्जस्थित त्रिभुवन चोकको शालिक पुर्ननिर्माण कार्य शुरु गरिएको छ । नेपालगन्ज उप–महानगरपालिकाले शालिकपुर्ननिर्माणको लागि १ लाख ३५ हजार ७ सय २१ रुपैँया बजेट छुट्याएसँगै पूननिर्माणको कार्य शुरु भएको हो ।

६ महिनाअघि सर्वदलीय बैठकले त्रिभुवन चोकमा राष्ट्रिय झन्डा राखेर पुर्ननिर्माण गर्ने निर्णय गरेको थियो । २०६२–६३ को जनआन्दोलनमा त्रिभुवन चोकमा रहेको राजा त्रिभुवनको शालिक भत्काइएको थियो । त्यसपछि चोकमा कसको शालिक राख्ने र चोकको नाम के राख्ने भन्ने विषयमा लामो विवाद हुँदै आइरहेको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले अहिले नै चोकको नाम के राख्ने भन्ने निर्णय नभए पनि पुर्ननिर्माण शुरु गरिएकोे उपप्रमुख उमा थापा मगरले बताउनुभयो ।

राप्रपाले सो चोकको नाम त्रिभुवन चोक नै यथावत राख्नुपर्ने अडान राख्दै आएको भने मधेश आधारित दलहरुले मधेशी चोक नाम राख्नु पर्ने बताउँदै आएका छन् । हाललाई भने चोकको चारैतर्फ नेपालको झन्डा राख्ने काम भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);