फ्रेन्च ओपन टेनिस यही सेप्टेम्बर २७ बाट शुरु हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

फ्रेन्च ओपन टेनिस यही सेप्टेम्बर २७ बाट शुरु हुने

एजेन्सी,२३ भदाै । फ्रान्समा कोरोना भाइरसको महमारी बढेपनि फ्रेन्च ओपन टेनिस प्रतियोगिता यही सेप्टेम्बर २७ तारिखबाट शुरु हुने भएको छ । फ्रान्सको पेरिसमा हुने टेनिस हेर्नका लागि दर्शकहरु रंगशाला जान समेत पाउने भएका छन्।

प्रतियोगिताको आयोजकले स्वास्थ्य प्रोटोकल जारी गर्दै प्रत्येक दिन २० हजार दर्शकहरुले रंगशाला जान पाउने निर्णय गरेको हो । क्ले कोर्टको एकमात्र ग्राण्डस्लाम खेल्ने हरेक खेलाडीको प्रत्येक पाँच दिनमा कोरोना परीक्षण हुनेछ ।यस्तै पहिलो राउण्डमा पराजित हुने खेलाडीलाई गतबर्षको भन्दा ३० प्रतिशत बढी रकम पनि प्रदान गरिने जनाइएको छ।

प्रत्येक वर्षको मे महिनामा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण सर्दै आएको थियो । यसैबीच महिलातर्फको विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टीले फ्रेन्च ओपन टेनिस नखेल्ने भएकी छिन्।

कोरोना भाइरसको महामारीको कारण बार्टीले पेरिसमा हुने फ्रेन्च ओपन नखेल्ने भएकी हुन् ।साविकको विजेता समेत रहेकी बार्टीले फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएकी जनाइएको छ ।

Leave a Reply