एजेन्सी , ५ भदौ । इन्डियन प्रिमियर लिग आईपीएल खेल्ने तीन टिम संयुक्त अरब ईमिरेट्स यूएई पुगेका छन् । कोरोना कहरका कारण भारत बाहिर हुन लागेको आईपीएलका लागि किंग्स ईलेभेन पञ्जाब, कोलकत्ता नाईट राईडर्स र राजस्थान रोयल्स यूएई पुगेका हुन् ।
खेलाडी युएई जानुअघि कोरोना परिक्षण गरिएका थियो । यूएई पुगेका खेलाडिहरु अव कम्तिमा ६ दिन क्वारेन्टीनमा बस्नेछन् । र तेस्रो र छैटौ दिन कोरोनाको परिक्षण पुनः गराउनेछन् । परिक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा खेलाडीले खेल स्थलमा अभ्यास गर्न पाउनेछन् ।
प्रतियोगिताको दौरान हरेक ५ दिनको अन्तरमा खेलाडी र सहयोगी स्टाफको कोरोना परिक्षण गरिनेछ । आईपीएलका ६० खेल यूएईका तीन शहर दुबई, अबुधाबी र शारजाहमा ५३ दिनसम्म चल्नेछ । प्रतियोगिता सेप्टेम्बर १९ बाट सुरु हुनेछ ।