समाचार | Page 1712 of 5975 | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

समाचार

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस 

काठमाडौं। न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ ।

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित् कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ ।

मिटर ब्याजी पीडितको आन्दोलन स्थगिपत 

काठमाडौं। मिटर ब्याजी पीडितहरुले सरकारसँगको पाँच बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेका छन् । काठमाडौंको माइतघर मण्डलामा आइतबार पत्रकार सम्मेलन गरेर किसान मजदुर संघर्ष समितिले सरकारसँग भएको ५ बुँदे सहमतिपछि आफूहरुले आन्दोलन स्थगित गरेको जानकारी दिएको हो । सरकारले माग पूरा गर्न सहमत भएपछि तत्कालका लागि   आन्दोलन स्थगित गरिएकोसमिति अध्यक्ष राम सुरत गुप्ताले बताए ।

गृह मन्त्रालय र संघर्ष समितिबीच शनिबार बिहान ५ बुँदे सहमति भएपछि आइतबार पत्रकार सम्मेलन गरेर समिति अध्यक्ष गुप्ताले तत्कालका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएका हुन् ।

माइतीघरमा ४७ दिनदेखि समितिको अगुवाइमा पीडितहरुले मिटर ब्याज तथा ठगीविरुद्ध आन्दोलन गर्दै आएका थिए ।

इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जादै 

काठमाडौं। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् ।

३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई  सहभागी हुन स्वीकृति दिएको हो।

कर्णालीका स्थानीय तहमा अस्पताल निर्माण कार्य ‘कछुवा गति’

सुर्खेत। कर्णाली प्रदेशका स्थानीय तहमा संघीय सरकारले आर्थिक वर्ष ०७७/ ७८मा  ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण गर्ने काम अझै गति लिन सकेको छैन । दुइ वर्ष वित्तिसक्दा पनि  निर्माणले गति लिन नसकेको हो । आर्थिक वर्ष २०७७/ ७८ मा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल निर्माणका लागि कर्णालीका ४२ वटा पालिका छनोट गरि बजेट पठाएको थियो । त्यस्तै दोस्रो चरणमा गएको आर्थिक वर्ष २०७८/ ७९ मा सोही क्षमताका थप २४ स्थानीय तहमा अस्पताल निर्माणको योजनाका साथ बजेट पठाएको थियो । प्रदेशका ७९ तहमध्ये दुई चरणमा गरी ६६ पालिकामा बजेट र कार्यक्रम पठाइए पनि हालसम्म २७ पालिकामा मात्रै अस्पताल निर्माणको काम भइरहेको छ।कर्णालीमा आधारभूत अस्पताल निर्माण तथा स्तरोन्नतिका लागि पहिलो चरणमै संघीय सरकारले ५२ करोड ७६ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसअन्तर्गत पाँच शश्याका लागि ७० लाख, १० शशयका लागि ८५ लाख र १५ शश्यका अस्पताल भवन निर्माण गर्न सम्बन्धित् पालिकामा एक करोड बजेट पठाइएको थियो। दोस्रो चरणमा छनोट भएका स्थानीय तहमा पनि सोही आधारमा रकम पठाइएको छ।स्थानीय तहहरूमा १५ शश्यासम्मका आधारभूत अस्पताल निर्माण गर्ने योजना अपेक्षाकृत रूपमा अघि बढ्न नसकेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले बताए । निर्माण थालिएका पालिकामा पनि काममा ढिलासुस्ती भइरहेको उनको भनाइ छ। भवन निर्माण स्थलको टुङ्गो लागेका कतिपय ठाउँमा अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण भएको छैन। कैयौँ निर्माणाधीन भवनको जग हालेर त्यतिकै छोडिएको अवस्था छ। २७ वटाभन्दा कम पालिकामा मात्रै भवन निर्माणको काम चलिरहेको बताइएको छ।

पालिकाले समयमै अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन नसक्दा उपलब्ध बजेटसमेत फ्रिज भएको छ। दैलेखका ११ मध्ये सातवटा स्थानीय तह आधारभूत अस्पताल निर्माणका लागि छनोट गरिएका थिए। भैरवी, नौमुले, ठाँटीकाध, महाबु, गुराँस गाउँपालिका र चामुन्डा बिन्द्रासैनी तथा आठबीस नगरपालिकामा अस्पताल निर्माणको योजना थियो। त्यसमध्ये भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएका छन् । केही पालिकाले आफ्नो र संघीय सरकारको संयुक्त लगानीमा पनि काम सुरु गरिरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार कतिपय पालिकामा भने मापदण्डले तोकेअनुसार जग्गा नपाउँदा समस्या भइरहेको छ।सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोटमा प्राथमिक स्वाथ्य केन्द्रलाई स्तरोन्नति गरेर आधारभूत अस्पताल बनाइँदै छ। निर्देशनालयका अनुसार कालीकोटको सान्नीत्रिवेणी नगरपालिकामा पनि आधारभूत अस्पताल भवन निर्माणको काम सुरु भएको छ। त्यहाँ संघीय सरकारको सात करोड ११ लाख र पालिकाको चार करोड ५० लाख रुपैयाँ गरी कुल १५ करोड ५० लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण कार्य थालिएको बताइएको छ।  जाजरकोटको नलगाडमा भर्खरै मात्र भवन निर्माणको काम सुरु भएको छ । बारेकोटमा जग मात्र राखिएको छ । छेडागाडमा कामको सुरुवात नै गरिएको छैन । शिवालयमा भवनको काम सामान्य अवस्थामा पनि नभएको बताएको छ । जुनिचाँदे गाउँपालिकामा समेत कामको गति निकै धिमा रहेको छ । कुशे गाउँपालिकामा कामै नै सुरु भएको छैन ।

डोल्पामा सबै पालिकामा काम अझै गति लिन सकेको छैन । मुड्केचुला, जगदुल्लामा कामको सुरुवात गरिएको पालिकाले जनाएका छन् ।

अनुशासन उल्लंघन गरेकामा फुटबल क्लब र क्याप्टेनलाई एक वर्षे प्रतिबन्ध 

खोटाङ। खोटाङ फुटबल संघले खेल अनुशासन उल्लंघन गरेको भन्दै एक क्लब र एक टिम क्याप्टेनलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । समता फुटबल क्लवले भदौ २५ गतेदेखि एक हप्तासम्म दिक्तेलमा सञ्चालन गरेको फुटबल प्रतियोगीताको सेमिफाइनल खेलमा गालीगलौज र अभद्र व्यवहार गरेकामा युवा जागरण क्लब र माटिकोरे युवा क्लवका क्याप्टेन दिपक खत्रीलाई एक वर्षका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।  युवा जागरण क्लबका अध्यक्ष राजु आचार्य र माटिकोरे युवा क्लवका क्याप्टेन खत्रीले आयोजक, म्याच कमिस्नर र खोटाङ फुटबल संघका पदाधिकारीले पटक–पटक सचेत गराउँदा पनि अटेर गरी गालीगलौज र अभद्र व्यवहार गरेकाले जिल्लामा हुने सम्पूर्ण फुटबल खेलमा एक वर्ष प्रतिवन्ध लगाइएको हो ।

खोटाङ फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राईले आइतबार विज्ञाप्ति जारी गर्दै शनिबारको बैठकबाट युवा जागरण क्लव र माटिकोरे युवा क्लबका क्याप्टेनलाई प्रतिबन्ध लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

राष्ट्रपतिबाट ६८१ कैदी सजाय माफी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् ।  सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्र कुमार लिम्बुसमेतका ४७८ गरी कुल जम्मा ६८१ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय मन्त्रिपरिषद्को मिति २०७९÷५÷३१ को बैठकको सिफारिसमा मिति २०७९/६/३ गते देखि लागु हुने गरी संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसको अवसरमा माफी मिनाहा  भएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मुगुकाे माटो प्रयोगशाला ६ बर्षदेखि प्रयोगविहीन

मुगु । मुगुस्थित माटो प्रयोगशाला ६ वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेकाे छ । ०७३ सालमा पाँच लाख रुपैयाँ लगानी गरेर स्थापना भएकाे प्रयोगशाला कर्मचारी अभावका कारणा प्रयाेगविहीन भएकाे हाे । प्रयोगशालाका सामान प्रयोगमा नआउँदा कृषि विकास कार्यालयको एक कोठामा थन्किएको छ । प्रयोगशालामा लाखौँ पर्ने बहुमुल्य सामग्री छन् । जिल्ला कृषि बिकास कार्यालय मुगुका अनुसार कर्मचारी र बजेट पाए प्रयोगशाला  सञ्चालन हुने जनाएकाे छ । कार्यालय मुगुका प्रमुख खेमराज शाहीले प्रयोगशाला कहिले प्रयाेगमा आउँछ भन्ने बारे जानकारी नभएकाे बताए ।  माटो प्रयोगशाला ०७३ सालमा कर्णाली प्रदेश सरकारको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत कर्णालीका १० वटै जिल्लामा स्थापना गरिएकाे हाे।

माटो प्रयोगशाला नहुँदा मुगुका किसानले आफ्नाे खेतबारीकाे माटोको गुणस्तर थाहा पाउन सकेका छैनन् । माटाे परीक्षणपछि साेहीअनुसार किसानहरूले खेति लगाउने अपेक्षा  प्रयाेगशाला नचल्दा अपुरै रहेकाे छ ।

गायक मुरलीधर राप्रपामा  

काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गरेका छन् । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई पार्टीमा स्वागत गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने भएका छन् ।  अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताए ।

उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाडामा छ सानो गाउँ जस्ता दर्जनौं चर्चित गीतमा स्वर भरेका मुरलीधर राप्रपामा प्रवेश गरेका हुन् । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाएका छन् ।

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौं। प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन् । आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन् । सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।  जसपाले यसअघि समानुपातिकबाट सांसद बनेकालाई यसपटक सिफारिस नगर्ने भएकाे छ ।

हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै

काठमाडाैं। गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् । १४ देखि १६ अक्टोबरसम्म आयाेजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट ब्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ। सेमिनारमा उनले नेतृत्व क्षमता अभिबृद्धीका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्येष्यका बारे छलफल पनि हुने छ। ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को बर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अबसरमा छलफल हुने छ।

पत्रकार रोकायामाथि दुर्व्यवहार

असोज। कृषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख खेमराज शाहीले पत्रकारलाई दुर्व्यवहार गरेका छन् । जिल्ला कृषि विकास कार्यालय भएकाे माटाे परीक्षणकाे समाचार स‌ंकलनका लागि पुगेका न्युज कारखानाका मुगु संवाददाता खड्ग सुनार र हिमालय टेलिभिजन तथा सौर्य दैनिक पत्रिकाका मुगु संवाददाता नन्दबहादुर रोकायालाई कार्यालय प्रमुख शाहीले पत्रकार रोकायामाथि दुर्व्यवहार गरेका हुन् ।  आइतबार बिहान ११ : ४५ बजे माटो परीक्षणकाे रिपोर्टिङमा पुगेका उनीहरुलाई प्रयाेगशालाकाे  भिडियाे र तस्बिर लिएपछि यसबारे थप जानकारी लिन दिउँसाे अन्तर्वार्ताका लागि आउन भन्दै पठाएका शाहीले पछि आउँदा आफू दुर्व्यवहार गरेका पत्रकार सुनारले जानकारी दिए ।

माटाे प्रयाेगशाला प्रयाेगविहीन रहेकाेबारे प्रश्न गर्दा शाहीले पत्रकारलाई दुर्व्यवहार गर्दै माइककाे बुम पनि फालिदिएका हुन् ।

 

बौद्ध टुसालमा लि निङको आउटलेट

काठमाडौं। लि निङको तेस्रो आउट लेट बौद्धस्थित टुसालमा सन्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले आइतबार उक्त आउटलेटको उद्घाटन गरेका हुन् ।सो अवसरमा राखेपका बोर्ड सदस्य अन्जन धमला, सुनपति गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष असलसिहं तामाङ, रामेछाप जिल्ला तेक्वान्दो संघका अध्यक्ष धनराज तामाङ, सचिव सपूत मोक्तानलगायत खेलकर्मी उपस्थित  थिए । राखेप उपाध्यक्ष  कोइरालाले खेलकुदका पोशाक र खेल सामग्री बिक्री गर्ने संख्या बढ्नुले खेलक्षेत्रप्रति मानिसहरूको चासोका साथै सहभागिता पनि बढेको बताए । साथै, उनले युवाहरू खेल पोशाक र खेल सामाग्रीको व्यवसायमा अग्रसर हुनुले खेलप्रति आम मानिसको लगाव बढ्ने आशा व्यक्त गरे ।

उक्त आउटलेट रामेछापका युवा प्रेमबहादुर मोक्तानको लगानीमा सन्चालनमा आएको हो । उनले देशको इज्जत र मान राख्ने खेलाडीका लागि समर्पित भएर व्यवसाय गर्न पाउँदा छुटै उत्साह र खुसी मिलेको बताए ।

सन्चालक प्रेमबहादुरले यो काठमाडौंको तेस्रो आउटलेट रहेको र यहाँ बाँस्केटबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनका सामग्री र खेल पोशाक पाइने जानकारी दिए  । लि निङले गत महिना नेपाली बाँस्केटबल टोलीलाई प्रायोजन गरेको थियो ।

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला 

काठमाडौं। देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको सभापोखरी गाउँपालिका–१ गैरीगाउँ बस्ने ६७ वर्षीय सुरेन्द्र पन्त आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा शनिबार मृत फेला परेका छन् । स्याङजाको फेदीखोला गाउँपालिका–२ भालुपहाडस्थित सेतीखोलाको किनारमा पुतलीबजार नगरपालिका–४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

पर्वतको फलेबास नगरपालिका–२ थापाथाना घर भई स्याङजा पुतलीबजार नगरपालिका–१४ डेरा गरी बस्ने ३६ वर्षीया शर्मीला नेपाली आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरुका सबन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर दुई जनाको मृत्यु 

काठमाडौं। मोरङ र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका–१ मिलचौकस्थित कोशी प्याकेजिङ कार्टुन फ्याक्ट्रीमा काम गर्ने तेह्रथुम छथर शुक्रबारे घर भएका २५ वर्षीय आकाश लिम्बुको करेन्ट लागेर शनिबार मृत्यु भएको छ । सोही फ्याक्ट्री नजिक जमेको पानीको खाल्टोमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  हो । बाँकेको राप्तिसोनारी गाउँपालिका–८ सम्शेरगन्ज बस्ने ७३ वर्षीय बुद्धीमान लामाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ ।

पानी तान्ने मोटरमा जोडेको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सप्तरीको सप्तकोशी नगरपालिकाको दशौ नगर सभा सम्पन

सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकाको दशौ नगर सभा सम्पन भएको छ । स्थानीय तहको निर्वाचन २०७९ बाट निर्वाचित नयाँ जनप्रतिनिधिको पहिलो नीति कार्यक्रम तथा बजेट नगर सभाबाट सर्वसम्मत पारित भएको हो । सप्तकोशी नगर स्वच्छ, सफा, हरियाली, स्मार्ट शहर, सर्वाङ्गिण विकासको पुर्वाधार, सप्तकोशी नगरपालिकाको समृद्धिको आधार भन्ने मुल नाराका साथ दशौ नगर सभा सम्पन्न भएको हो । साथै नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रगति समिक्षा तथा आर्थिक वर्ष २०७९÷८० को बार्षिक कार्यक्रम सार्वजनिकिकरण आयोजना गर्दै गत आर्थिक बर्ष २०७८÷०७९ मा संचालित योजना तथा कार्यक्रमहरुको प्रगती समिक्षा तथा चालू आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत योजना तथा कार्यक्रम पनि प्रस्तुत गरेको हो । नगरको चौतर्फि विकासको लागि आर्थिक वर्ष २०७९÷८० को लागि ४७ करोड २९ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ । नगर तर्फ ४ करोड २० लाख ८० हजार रकम विनियोजन भएको छ भने शाखा तर्फ शिक्षा शाखाका लागि ४५ लाख, स्वास्थ्य शाखा तर्फ ४६ लाख, पशुपंक्षी बिकास शाखा तर्फ ४४ लाख १५ हजार र कृषि बिकास शाखा तर्फ २२ लाख रुपैयाँ विनियोजन भएको छ।

यस्तै महिला तथा बालबालिका शाखा तर्फ ११ लाख र सामाजिक बिकास शाखा तर्फ १० लाख १५ हजार रुपैँया विनियोजन भएको छ।

आयोगको निर्देशनबाट राप्तिका भुमिहिन असन्तुष्ट

राप्ती। भूमिहीनहरुलाई लालपुर्जा बाढ्ने काम तत्काल रोक्न निर्देशन दिएकोमा राप्तिका भुमिहिनहरुले असन्तुष्टि जनाएका छ्न । मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै आयोगले निस्सा बितरण, नापजाँच र लालपुर्जा बितरण रोक्न निर्देशन दिएकोमा नगरका भुमिहिन तथा सुकुम्बासीहरुले असन्तुष्टि जनाएका हुन । बर्सौ देखि आसै आसमा बसेका भुमिहिन तथा सुकुम्बासीहरु आयोगको निर्णयबाट खुसी छैनन । बल्ल बल्ल लालपुर्जा हात पार्ने आस पलाएकोमा निर्वाचन अघि सम्पुर्ण प्रक्रिया रोक्ने निर्णयले उनिहरु बिक्षिप्त छ्न । राप्ती १ का सुकुम्बासी गुमान सिंह तितुङ्ग चुनाव पछि पुर्जा बाड्ने प्रक्रिया सुरु हुनेमा विस्वस्त छैनन । उनी भन्छ्न “ पहिला पनि धेरै पटक पुर्जा बाड्ने भनेर हल्ला चलायो । जग्गा नाप्यो पनि । तर लालपुर्जा दिएन । अब पनि कसको सरकार आउँछ ? उस्ले बाड्न दिने हो कि नदिने हो के थाहा ? “यता राप्तिका नगर प्रमुख शमशेर लामा पनि आफूहरु असजिलोमा परेको बताउछ्न । भोटमाग्न जादा देखिनै भुमिहिन तथा सुकुम्बासीहरुको समस्या यथासक्यो छिटो समाधान गर्ने आफुले प्रतिबद्धता गरेको भएपनी हाल आएर निर्वाचन आयोग बाधक बनेको उनको भनाइ छ ।

भूमिहीनहरुलाई लालपुर्जा बाढ्ने अन्तिम तयारी भए पनि निर्वाचन आयोगको पत्रले रोकिनुको बिकल्प नभएको राप्तीका उप प्रमुख देबेन्द्र लामाको भनाइ छ । दसैँ अघिनै भूमिहीनहरुलाई लालपुर्जा दिने तयारी पूरा गरेको उनको दाबी छ ।

लामाले असोज ९ गते लालपुर्जा बाड्ने कार्यक्रम तय भएको, तर निर्वाचन आयोगको कारण हाललाई पुर्जा वितरण प्रक्रिया स्थगित गरिएको दाबी गर्छ्न । उनका अनुसार निर्वाचनलगत्तै लालपुर्जा वितरण गरिने छ । राप्ती नगरपालिकामा रहेको १३ वटै वडाका करिब ९ हजार घर घुरी सुकुम्बासी तथा भुमिहिनहरुको लगत संकलन तथा निस्सा वितरण कार्य भने सम्पन्न भैसकेको छ । त्यस्तै वडा नम्बर ११ मा जग्गा नाप नक्साङ्कनको कार्य भैरहेको तथा ७७ घरधुरीलाइ लालपुर्जा बितरण गरिने प्रक्रिया अन्तिम अवस्थामा पुगेको नगरपालिकाले जनाएको छ ।