मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस 

काठमाडौं। न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रुपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ ।

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित् कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);