भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका तीन वरिष्ठ न्यायाधीशको नाम सिफारिस | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भावी प्रधानन्यायाधीशका लागि सर्वोच्चका तीन वरिष्ठ न्यायाधीशको नाम सिफारिस

न्याय परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

sarbochha adalat

काठमाडौं, १४ चैत । न्याय परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि सर्वोच्च अदालतका तीन जना वरिष्ठ न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषदको बैठकले बरिष्ठ न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर राणाको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा पठाउने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतमा तीन वर्ष काम गरिसकेको आधारमा तीनजना वरिष्ठ न्यायाधीशको नाम प्रस्ताव गरेको हो । सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशमात्र प्राधानन्यायाधीश हुन योग्य मानिने कानुनी व्यवस्था छ ।

जन्ममितिको विवादमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले उमेर हदका कारण साउन २१ गतेदेखि लागु हुने गरी अवकाश पाएपछि दिपकराज जोशी कायममुकायम प्रधानन्यायाधीश छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);