हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै

काठमाडाैं। गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौँ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्री सेमिनारमा ग्लोबल हाप्किडो एसोसिएसनका अध्यक्ष सिनियर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् । १४ देखि १६ अक्टोबरसम्म आयाेजना हुने राष्ट्रिय स्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट ब्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ। सेमिनारमा उनले नेतृत्व क्षमता अभिबृद्धीका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दीर्घकालीन लक्ष्य र उद्येष्यका बारे छलफल पनि हुने छ। ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को बर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अबसरमा छलफल हुने छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);