Mountain Television
Wed, 20 Jun 2018

मुस्लिम सुमदायका नागरिकलाई रमदान पर्व मनाउन खाद्यान्न वितरण

सुनसरी, ३१ जेठ । सुनसरीमा आर्थिक अवस्था कमजोर भएका मुस्लिम सुमदायका नागरिकलाई रमदान पर्व मनाउन खाद्यन्न वितरण गरिएको छ । विभिन्न संघसस्थाको सहयोगमा आर्थिक अवस्था कमजोर भएका नागरिकलाई रमदान पर्व मनाउन खाद्यन्न वितरण गरिएको हो ।

गरिब, विपन्न, सिमान्तकृत, अपाङ्ग, एकल महिला, बृद्धबृद्धा लगायतलाई पोषण खाद्यन्न वितरण गरिएको हो । पोषण खाद्यन्न पाएपछि रमदान पर्व मनानउ सजिलो भएको भन्दै उनीहरु हर्षित भएका छन् । आर्थिक अवस्था कमजोर भएका २ सय ९५ परिवारहरुलाई पोषण खाद्यन्न वितरण गरिएको छ ।

By:

6 days ago

कृपया तपाईको प्रतिकृया यहाँ दिनुहोला!