राजनीति Archives | Page 2210 of 2214 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाको नाममा अस्पताल

१७ फागुन, काठमाडौं । सरकारले बाँकेको खजुरामा सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सिंहदरवारमा मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले अस्पताल स्थापनाको निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठक बस्दै, यशोदाकुमारी र शर्मिलाको राजदुत बन्ने सपना अधुरै

विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने सरकारको तयारी, आज बस्ने मन्त्रिपरिषद्ले नयाँ राजदुत सिफारिस गर्ने

मधेसी मोर्चालाई फकाउँदै प्रधानमन्त्री, देउवाको पनि सक्रियता बढ्यो

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा नेपाली कांग्रेस सहित मधेसी मोर्चाको बैठक आह्वान, संविधान संशोधन र स्थानीय तहको निर्वाचनका मोर्चाको सहमति खोजिने

दल दर्ता गर्ने म्याद १८ गते सम्म, बन्दै निर्वाचनको माहौल

यही १८ गतेसम्म दल दर्ता गराइसक्न राजनीतिक दललाई निर्वाचन आयोगको आग्रह, संविधानको धारा २ सय ६९ को उपधारा (४) अनुसारको प्रक्रियामा पुरा गर्नुपर्ने

सत्तामा बसेकाहरु नै निर्वाचनमा जान डराएको एमाले अध्यक्ष ओलीको आरोप

१६ फाल्गुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन मार्फत संविधान कार्यान्वयनका लागि एमाले दृढ रहेको बताउनुभएको छ ।

स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगको सक्रियता

शोभा न्यौपाने । १६ फाल्गुन काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागी निर्वाचन आयोगले नमुना मतपत्र छाप्ने काम सुरु गरेको छ । आयोगले अहिले नमुना मतपत्रको छपाईको काम सुरु गरेको छ । मतदानस्थलको अवस्था हेरेर आयोगले मतपेटिका र मतपत्र निश्चित गर्ने बताएकोछ ।

एक अर्कालाइ निषेध गरेर देश अघि बढ्न सक्दैनः प्रधानमन्त्री

१६ फाल्गुन काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको स्वीकार्यता बढाउनका लागि मधेस पहाड र हिमाल जोडेर निर्वाचन गराउने अन्तिम प्रयासमा सरकार लागेको बताउनु भएकोछ ।

सभापति शेरबहादुरको निश्कर्ष : संशोधन विधेयक पारित हुन्छ, एमालेसँग अन्तिम वार्ता गरिन्छ

संविधान संशोधन विधेयक पारित गराउन हरसम्भव प्रयास गर्ने कांग्रेसको निर्णय, एमालेसँग पनि छलफल गरिने

स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने

१४ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भएको छ ।

स्थानीय निकायको सम्पूर्ण संरचना तय भएपछि मात्र निर्वाचन प्रक्रिया अघि बढाउन संघीय गठबन्धनको आग्रह

१४ फाल्गुन, काठमाडौं । संघीय गठबन्धनले गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको संख्या निर्धारण गरेपछि मात्रै चुनावी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

स्ववियु निर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुँदै, आजै साँझ प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने

१४ फाल्गुन, काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि आज उम्मेदवारले उम्मेदवारी दर्ता गर्दैछन् ।

निर्वाचन आयोगद्वारा तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग

१२ फाल्गुन, काठमाडौं । निर्वाचन आयोगले तीसवटा राजनीतिक दलसँग स्पष्टिकरण माग गरेको छ ।

स्थानीय तहको निर्वाचनले ल्याएको खुसी

अप्सरा गौतम । १२ फाल्गुन, काठमाडौं । १९ वर्षसम्म निर्वाचन नहुँदा जनप्रतिनिधि विहिन बनेको स्थानीय निकाय अव नयाँ संरचनामा निर्वाचन हुने भएको छ । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि जनतामा खुशीको लहर देखिन थालेको छ ।

युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारी र प्रधानमन्त्रीबीच भेटवार्ता

१२ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डाक्टर हदम अल कवारीबीच भेटावर्ता भएको हो ।

संविधान संशोधन गर्न खोजे संसद अबरोध हुन्छः नेता खनाल

१२ फागुन, झापा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानको भावना विपरित आएको संशोधन विधेयक फिर्ता लिन सरकारसँग आग्रह गर्नुभएको छ । झापाको विर्तामोडमा प्रेस चौतारीको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता खनालले संविधान संशोधन विधेयक अघि बढे अवरोध गर्ने चेतावनी दिनुभयो ।

मधेस समस्या समाधान गर्न एमाले बाधकः सभापति देउवा

१२ फागुन, झापा । नेपाल काग्रेसका सभापति शेरबहादुर देउवाले मधेसको समस्या समाधान गर्न प्रमुख प्रतिपक्षी दल एमाले बाधक बनेको आरोप लगाउनुभएको छ ।