सभापति शेरबहादुरको निश्कर्ष : संशोधन विधेयक पारित हुन्छ, एमालेसँग अन्तिम वार्ता गरिन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सभापति शेरबहादुरको निश्कर्ष : संशोधन विधेयक पारित हुन्छ, एमालेसँग अन्तिम वार्ता गरिन्छ

संविधान संशोधन विधेयक पारित गराउन हरसम्भव प्रयास गर्ने कांग्रेसको निर्णय, एमालेसँग पनि छलफल गरिने

सभापति शेरबहादुरको निश्कर्ष : संशोधन विधेयक पारित हुन्छ

काठमाण्डौ । नेपाली कांग्रेसले संविधान संशोधन विधेयक पारितका लागि हरसम्भव प्रयास गर्ने निर्णय गरेको छ ।

आइतवार बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मधेशबाट प्रतिनिधित्व गर्ने सांसद सहित बसेको बैठकले संसदमा उक्त निर्णय गरेको हो । बैठकले ब्यवस्थापिका संसदमा प्रक्रियामा रहेको विधेयकलाई निश्कर्षमा पुर्याउन पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने निश्कर्ष निकालेको हो ।

बैठकपछि संचारकर्मीहरुसंग कुराकानी गर्दै काँग्रेस सभापति शेर बहादुर देउवाले प्रमुख प्रतिपक्षीदल नेकपा एमालेसहितका दल समेत संविधान संशोधन प्रस्ताव पारित गराउन लाग्नु पर्ने बताउनुभयो ।

उहाँले संशोधन प्रस्ताव पारित हुने बिश्वास ब्यक्त गदै त्यसका लागि आवश्यक दलीय छलफल गर्ने उल्लेख गर्नुभयो । संविधान संशोधन विधेयकमाथि पार्टीगत रुपमा कुनै संशोधन प्रस्ताव दर्ता नहुने उहाँको भनाई थियो । राजदूत नियुक्ति सरकारको बिषय भएको भन्दै त्यसमा पार्टीको हस्तक्षेप नभएको दावी गर्नु भयो ।

काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति देउवा एकतर्फी रुपमा चलेको राजदूत नियुक्तिमा पार्टीमा सल्लाह नगरेको भन्दै शनिवार केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउनु माग सहित सभापति देउवालाई लिखित पत्रचार गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);