दल दर्ता गर्ने म्याद १८ गते सम्म, बन्दै निर्वाचनको माहौल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८०, बुधवार

दल दर्ता गर्ने म्याद १८ गते सम्म, बन्दै निर्वाचनको माहौल

यही १८ गतेसम्म दल दर्ता गराइसक्न राजनीतिक दललाई निर्वाचन आयोगको आग्रह, संविधानको धारा २ सय ६९ को उपधारा (४) अनुसारको प्रक्रियामा पुरा गर्नुपर्ने

दल दर्ता गर्ने म्याद १८ गते सम्म

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि फागुन १८ गतेसम्म दल दर्ता गराउन राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले स्थानीय तहको निर्वाचनका लागि माघ १७ गते नै आफू क्रियाशील रहेका जिल्लाका जिल्लास्तरीय समितिमार्फत सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।

 

आयोगको केन्द्रीय कार्यालयमा समेत दल दर्ताका लागि आवश्यक प्रक्रिया सुरु गर्न आग्रह गरेको हो । यसअघि दल दर्ता गर्न छुटेकालाई समेत आयोगले दर्ताका लागि मार्गप्रशस्त गरेको जनाएको छ ।

 

आयोगले राजनीतिक दलको नाम र त्यसको प्रधान कार्यालय रहने ठेगाना, राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको संख्या, सङ्गठनात्मक स्वरूप, दल दर्ताका लागि अधिकारप्राप्त व्यक्तिले प्राप्त गरेको अधिकारपत्र, आधिकारिक छापको नमूना र वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गर्नु पर्ने जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनको लागि निवेदन पेस गर्दा संविधानको धारा २६९ को उपधारा (४) द्वारा निर्धाति सर्तहरू पूरा गरेको वा पूरा गर्ने कबोल गरेको हुनु पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

 

Leave a Reply