युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारी र प्रधानमन्त्रीबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डा. हदम अल कवारी र प्रधानमन्त्रीबीच भेटवार्ता

१२ फाल्गुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र युनेस्कोको डाइरेक्टर जनरलका उम्मेदवार डाक्टर हदम अल कवारीबीच भेटावर्ता भएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा युनेस्कोको डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले आफ्नो पक्षमा मतदान गर्न डाक्टर कवारीले प्रधानमन्त्री दाहालसँग आग्रह गर्नुभएको थियो ।

कतारका नागरिक कवारीले कतारको विकासमा नेपालीहरुले गरेको योगदानको प्रशंसा गर्दै कतारमा कार्यरत नेपालीहरुको हितमा आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भेटमा प्रधानमन्त्री दाहालले डाइरेक्टर जनरलको निर्वाचनमा नेपालले सहयोग गर्ने आश्वासन दिनुभएको थियो । नेपाल र कतारबीच मैत्रीपूर्ण र हार्दिक सम्बन्ध रहेको भन्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा नेपालको विकासमा कतारले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);