मन्त्रिपरिषद बैठक बस्दै, यशोदाकुमारी र शर्मिलाको राजदुत बन्ने सपना अधुरै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्रिपरिषद बैठक बस्दै, यशोदाकुमारी र शर्मिलाको राजदुत बन्ने सपना अधुरै

विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने सरकारको तयारी, आज बस्ने मन्त्रिपरिषद्ले नयाँ राजदुत सिफारिस गर्ने

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । आज दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

बैठकमा सरकारले विवादमा मुछिएका ओमान र यूएईका लागि प्रस्तावित राजदूतको नाम फिर्ता लिने तयारी गरेको छ । मन्त्रिपरिषद्को बैठक दिउँसो २ बजे पछि बोलाइएको छ ।

बैठकले राजदूतको सिफारिस फिर्ता लिएर नयाँ नाम सिफारिस गर्ने छ । सरकाले कांग्रेसको कोटाबाट यूएईका लागि नेपाली राजदूतमा आशाकुमारी लामा र फोरम लोकतान्त्रिकको कोटाबाट ओमानका लागि राजदूतमा शर्मिला पराजुली ढकाललाई सिफारिस गरेको थियो ।

तर, दुबै राजदूत म्यानपावर व्यवसायमा संलग्न भएको लगायतका विवादमा मुछिएपछि सरकारले उनीहरुको नाम फिर्ता लिने भएको हो । अन्य १२ जनाको राजदूत सिफारिस भने कायमै रहनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);