स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने

१४ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भएको छ ।

आजबाट निर्वाचन आचारसंहीता लाग्ने

१४ फाल्गुन, काठमाडौं । स्थानीय तहको निर्वाचनको मतपत्र छाप्ने जिम्मेवारी जनक शिक्षा सामग्री केन्द्रलाई दिइने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवल गायतका पदाधिकारीद्वारा केन्द्रको स्थलगत निरीक्षण पछि मतपत्र छपाइ लगायतको कार्यका विषयमा छलफल गरी मतपत्र छपाइको जिम्मेवारी दिने निर्णय गरेको हो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र छपाईका लागि आवश्यक पर्ने जनशक्ति, प्रेसको अवस्था तथा अन्य प्राविधिक तथा सुरक्षात्मक हिसाबले पनि केन्द्र नै उपयुक्त रहेको निष्कर्षका आधारमा मतपत्र छपाइको कार्य केन्द्रले नै गर्ने निर्णय गरिएको बताउनु भयो ।

आयोग पदाधिकारीले केन्द्रको सम्पूर्ण अवस्था एवम् छपाइको सम्पूर्ण कार्यका बारेमा समेत चासो राखेको र केन्द्रका पदाधिकारीले आयोगले दिने सम्पूर्ण जिम्मेवारी समयमा नै निर्वाह गर्ने वचन दिएका थिए । 

Leave a Reply