काठमाडौं, २ पुस । साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङले विजयी सुरुवात गरेको हो ।
मनाङको जितमा दुबै गोल विमल रानाले गरे । विमलले खेलको २८ औं र ३४ औं मिनेटमा गो गरेका हुन् । जितसँगै मनाङले पहिलो खेलबाट ३ अंक जोडेको छ ।
यसैगरी सातदोवाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा थ्रि स्टार र जावलाखेल गोलरहित बराबरीमा रोकिएका छन् । बराबरीसँगै दुवै क्लबले एक– एक अंक बाडेका छन् ।