अनैतिक तरिकाले पदाधिकारी र प्राध्यापकको नियुक्ति गरेमा कडा आन्दोलन गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

अनैतिक तरिकाले पदाधिकारी र प्राध्यापकको नियुक्ति गरेमा कडा आन्दोलन गर्ने चेतावनी

विराटनगर, ४ भदौ । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले अनैतिक तरिकाले भर्ना गरिएका पदाधिकारी र प्राध्यापकहरुलाई नियुक्ति गरिएमा कडा आन्दोलनको घोषणा गर्ने चेतावनी दिएको छ।

बुधबार पुर्वाञ्चल विश्वविद्यालयमा विद्यालयका प्राध्याक संघ र कर्मचारी संघले पत्रकार सम्मेलन गरी अनैतिक नियुक्तिको विरोध गरेको हो ।

यही भदौ ५ गते सेवा अवधि सकिने पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति डा.घनश्यामलाल दास र सेवा आयोग अध्यक्ष बद्रि श्रेष्ठले अनैतिक रुपमा पदाधिकारी तथा प्राध्यापकहरु नियुक्ति गरेको भन्दै आन्दोलनको चेतावनी दिएको हो ।

विश्वविद्यालय भित्र हुने अमर्यादित क्रियाकलापहरुलाई रोक्ने र परीक्षामा हुने पैसाको चलखेललाई निरुत्साही बनाउने संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);