प्रहरी बलियो बनाउँदै प्रदेश सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रहरी बलियो बनाउँदै प्रदेश सरकार

nepal police

काठमाडौं, ४ भदौ । प्रदेश प्रहरी गठनको तयारी भइरहदा प्रदेश ५ मा पूर्वाधारका काम थालिएका छन्। पहिलो चरणमा प्रदेशको सुरक्षा सुदृढिकरण र दूर्घटना न्यूनिकरणको योजना सहित प्रदेश ५ सरकारले सिसिटिभी क्यामेरा जडान गरेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलको निगरानीमा रहने गरी प्रदेशका ११ जिल्लामा सिसीक्यामेरा जोडिएको हो।

प्रदेश ५ मा सीमाबाट भित्रिने साना हतियार, तत्कालीन जनयुद्धमा प्रयोग भएका हतियार सहित विप्लप माओवादी सुरक्षा चुनौती छ। प्रहरीले सुरक्षासँगै दूर्घटना न्यूनिकरणका लागि प्रविधिको माग गरिरहेको छ। प्रदेश सरकारले पहिलोपटक प्रहरीका लागि बजेट बिनियोजन गरेर कार्यान्वयनमा लगेको हो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीका लागि गाडी खरिदको तयारीसमेत गरेको छ।

प्रदेश मुख्यालयबाटै सबै जिल्लाको सुरक्षा निगरानी राख्ने काम सुरु भइसकेको छ। प्रदेश ५ मा १२ जिल्ला रहे पनि अहिले रोल्पामा सिसिक्यामेरा जडान भएको छैन। रोल्पाबाहेक ११ वटा जिल्लामा १४० क्यामेरा जडान भइरहेका छन्। हालसम्म १०५ वटा क्यामेराका दृश्यको निगरानी गर्न सकिने छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइटेलले दुर्घटना न्यूनिकरण र सुरक्षा निगरानीका लागि क्यामेरा जडान भएको बताए। ‘दिउँसो राति दुबै समयको दृश्य अध्ययन गर्न सकिनेछ, यसको निगरानी कन्ट्रोल रुमबाट हुन्छ, उनले भने। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);