‘अख्तियारमा १५०० उजुरीको विस्तृत अनुसन्धान’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘अख्तियारमा १५०० उजुरीको विस्तृत अनुसन्धान’

aaktayar durupayog anusandhan aayog

काठमाडौं, ४ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ हजार ५ सयभन्दा उजुरीको विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानले इतिहास ‘ब्रेक’ गर्ने अवस्था रहेको प्रमुख आयुक्त नवीनकुमार घिमिरेको भनाइ छ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सुशासन र राजनीतिक सदाचारका सम्बन्धमा गरेको छलफलमा उनले १ सय ४० भन्दा बढी व्यक्तिको अकुत सम्पत्तिमा छानबिन थालिएको बताए। कर्मचारी र स्थानीय तहका पदाधिकारीसहित सम्पत्ति विवरण नबुझाउनेलाई पनि राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा कारबाही गरिएको उनले सुनाए। ‘सम्पत्ति विवरण नबुझाउने १९ हजार जनालाई जरिवाना गरिएको छ’, उनले भने।

ललिता निवास प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको उनले जनाए। अनुसन्धानमा जोसुकै परे पनि नछाडिने उनले स्पष्ट पारे। उनले वाइडबडी प्रकरणमा पनि अनुसन्धान भइरहेको उनले सुनाए। उनका अनुसार शिक्षा क्षेत्रको अवस्था भयावह छ। ‘प्राध्यापक नै स्टिङ अपरेसनमा परेका छन्’, उनले भने, ‘कसैलाई गोल्ड मेडलिस्ट हुने रहर चल्छ। त्रिविका कर्मचारी घुस खाएर त्यस्तै गरिदिन्छ। यसले हाम्रो शिक्षा क्षेत्रलाई कहाँ पुर्‍याउँछ ? ’

उनका अनुसार ५० भन्दा बढी अलपत्र ठेक्काको अनुसन्धान भइरहेको छ। अलपत्र ठेक्का संख्या भने १ हजार ८ सय ४८ छ। यसबाट १ खर्ब १८ अर्ब रकम जोखिममा छ। २४ अर्ब रुपैयाँ मोबिलाइजेसनबापत ठेकेदारले लगेका छन्। ‘चार महिनाका लागि ठेक्का भएको छ तर आठ वर्षसम्म पनि काम सकिएको छैन’, उनले भने, ‘विकास निर्माणको हेलचेक्र्याइँको भयावह तस्बिर छ। सबैको अनुसन्धान त सम्भव छैन तर हामीले ५० भन्दा बढीको अनुसन्धान गरिरहेका छौं।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);