महोत्तरीका बिभिन्न स्थानीय तहमा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महोत्तरीका बिभिन्न स्थानीय तहमा तालाबन्दी

गोपाल झा
महोत्तरी, ४ भदौ । बजेट खर्चप्रति असन्तुष्टी जनाउँदै महोत्तरीका विभिन्न पालिका तथा वडा कार्यालयहरुमा तालाबन्दी गर्ने क्रम बढ्दो छ । गत असार २८ गतेको बाढी प्रभावितहरुलाई पालिकाका अध्यक्षले एकद्वार प्रणालीमा नभई आफ्नो आसेपासे तथा कार्यकर्ताहरुलाई मात्र राहत बाँडेको, भत्केका सडक मर्मत नगराएको र गत आर्थिक बर्षमा व्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै जनप्रतिनिधीसहित स्थानियहरुले विभिन्न पालीका तथा वडा कार्यालयहरुमा तालाबन्दी गर्दै बिरोध गरिहेका छन् ।

महोत्तरीका १५ स्थानीय तह मध्ये अहिले प्रायः पालिकाहरुमा विवाद देखिएको छ । नयाँ आर्थिक बर्ष शुरु हुने वितिकै पालिकाहरुमा गत आर्थिक बर्षमा विकासे बजेटको चरम दुरुपयोग गरी जनप्रतिनिधीहरुले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै अहिले महोत्तरीमा स्थानीय वासिन्दाहरुले पालिकाहरुमा तालाबन्दी गर्ने क्रम बढेको छ ।

महोत्तरी जिल्लाको एकडारा गाउँपालिका कार्यालयको मुलगेटमा निर्वाचित वडा नं. २ का वडाध्यक्ष सहित स्थानीयहरुले तालाबन्दी गरेका छन् । यस पालिकाका जम्मा ६ वडा मध्ये गाउँपालिका अध्यक्ष रामछबिला साह, आफ्नो निजी घर रहेको वडानं. ५ तथा ३ मा मात्रै आफ्ना कार्यकर्ता र गाँउलेहरुलाई बाढी पीडितको नाउँमा राहत बाँडेको र गाउँपालिकाको बजेटलाई एनजिओमार्फत काम गराई कमिसनको खेल गरेको आरोप स्थानीयको छ ।

एकडारा गाउँपालिकाको वडा नं. १ र २ को संघीय सरकारले गरेको सिमांकन छुट्याउन समेत गाउँपालिका अध्यक्ष साह आलटाल गरीरहेकाले यी दुबै वडामा झगडा लगाउने काम गरीरहेको वडा नं. २ का वडाध्यक्ष यादवको आरोप छ ।

यता एकडारा गाँउपालिका अध्यक्ष राम छबिला साह वडाको सिमांकन गर्ने र छुट्याउने काम आफ्नो नरहेको र बाढी पीडितलाई बाँडेको राहतमा कुनै प्रकारको भेदभाव नगरीएको बताउनुहुन्छ ।

२ नं.का वडाध्यक्षको नेतृत्वमा दर्जनौको संख्यामा आएका स्थानीयहरु गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरीएपछी बाँकी वडाका जनताहरुलाई पालिकाको कार्यालयबाट हुने सेवा प्रभावित भएका छन् ।

पालिकाको प्रांगणमा चर्को नारावाजी गर्दै अध्यक्ष साहको पुतला दहन समेत गरिएको थियो । यस्तै जिल्लाका अन्य पालिका औरही र पिपरामा समेत स्थानीयहरुले जनप्रतिनिधिहरु माथि भ्रष्टाचारको आरोप लगाउँदै महिनौं दिनसम्म तालाबन्दी गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);