पशुपति धर्मशालामा तालाबन्दी गर्ने सरकारको दोस्रो प्रयास पनि असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पशुपति धर्मशालामा तालाबन्दी गर्ने सरकारको दोस्रो प्रयास पनि असफल

काठमाडौं । पाशुपत क्षेत्रमा बतास समूहले सञ्चालन गरेको धर्मशालामा तालाबन्दी गर्ने पशुपति क्षेत्र विकास कोषको दोस्रो प्रयास असफल भएको छ । कोषका पदाधिकारी तालाबन्दी गर्न आएको भन्दै बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि उनीहरू फर्किएका छन् । गत साताको बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित  कोषका पदाधिकारी धर्मशालामा तालाबन्दी गर्न पुगेका थिए । तर, तालाबन्दी गर्न भने सकेनन् ।

शुक्रबार पनि कोष पदाधिकारी धर्मशाला पुगे । तर, धर्मशालाको गेट नखोलेपछि कोषका पदाधिकारी फर्किए । आनन्द बतास समूहका प्रबन्ध निर्देशक जेपी पोखरेलले तालाबन्दी गर्न आएकाले गेट नखोलेको जानकारी दिए ।

काेषका पदाधिकारीले आफूहरू तालाबन्दी गर्न नआएको र कोषको सम्पत्ति हेर्न आएको बताए पनि धर्मशालाका कर्मचारीले तालाबन्दी गर्ने अधिकार कोषका पदाधिकारी नरहेको भन्दै गेट खोल्न नमानेका हुन् । यो विषय अदालतमा विचाराधीन रहेकाले त्यहाँबाट हुने फैसला आफूहरूलाई मान्य हुने बताउँदै ती कर्मचारीले गेट नखोल्ने जिकिर गरे ।

जनप्रतिनिधिको रोहवरमा तालाबन्दी गर्ने कोषको प्रयास पनि असफल भएको छ । धर्मशालाको विषय अदालतमा विचाराधीन रहेको भन्दै तालाबन्दी गर्ने विषयमा काठमाडौं महानगर वडा ८ का अध्यक्ष दिनेश डंगोलले हस्ताक्षर गर्न मानेनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);