प्रधानमन्त्री ओली फर्किए लगत्तै नेकपाको सचिवालय बैठक बस्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्री ओली फर्किए लगत्तै नेकपाको सचिवालय बैठक बस्ने

nekapa

तेजना पण्डित
काठमाडौं, २६ साउन । नेकपाको सचिवालय बैठक साउन २८ गते बस्ने तय भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि विदेश जानु पर्ने भएकोले लामो समय स्थगित गरिएको बैठक प्रधानमन्त्री फर्किए लगत्तै बस्न लागेको हो । प्रधानमन्त्री सोमबार फर्कदै हुनुहुन्छ । बैठक बस्नु अघि पार्टी महासचिव विष्णु पौडेलले केन्द्रीय सदस्यहरुसँगको छलफललाई तिव्रता दिइ रहनु भएको छ ।

साउन १३ गते वसेको नेकपाको सचिवालय बैठक १५ दिनपछि साउन २८ गते वोलाइएको छ । पटक पटकको स्थगनपछि १३ गते बसेको सचिवालय बैठकबाट २८ गतेको बैठक तय गरिएको हो । स्कूल विभाग प्रमुखमा सहमति जुट्न नसक्दा यसअघिको बैठक प्रभावित हुँदै आएको छ । २८ गते बैठक बोलाइए पनि बस्छ कि बस्दैन भन्नेमा पनि शंका देखिन्छ । तथापी, बैठकको लागि तयारी भने गरिएको पाइन्छ ।

केन्द्रीय कमिटि सदस्यहरको कार्यबिभाजन गर्नका लागी केन्द्रीय सदस्यहरुको रुचिको बिषय बुझ्ने काम भइरहेको छ । यसअघि साउन १३ गते बसेको सचिवालय बैठकको निर्णयअनुसार पार्टी कार्यालय धुम्वाराहीमा वोलाएर महासचिव विष्णु पौडेलले विभिन्न केन्द्रीय सदस्यहरुसँग उनीहरुको रुचिको बिषय बुझिरहनु भएको छ ।

केन्द्रीय सदस्यहरुसँग रुचिको बिषय बुझ्ने काम अंतिम चरणमा पुगेको बताइएको छ । व्यक्तिको रुचि, बिशेषज्ञताको क्षेत्र र पार्टीको आवस्यकताका आधारमा केन्द्रीय सदस्य लगाएतको जिम्मेवारी बाँडफाँड गरिने महासचिव पौडेलको भनाइ छ ।

केन्द्रीय सदस्यहरुको रुचिको सुझाव लिने क्रममा कतिपय नेताहरुले सचिवालय सदस्यहरुलाई बिभागको जिम्मेवारी दिनु हुदैन भन्ने सुझाव पनि दिएका छन् । एकातिर पार्टीका शिर्ष नेताहरुलाई जिम्मेवारी दिने तयारी र अर्काेतिर जिम्मेवारी दिनु हुन्न भन्ने सुझाव आउनुले विभागीय प्रमुखमा अझै सहमति जुटेको छैन भन्ने प्रस्ट हुन्छ ।

सचिवालय सदस्य रामबहादुर थापाले त यसअघिको बैठकमै यसबारेमा प्रस्ताव नै राख्नु भएको थियो ।तर सुझावहरु जेजसरी आए पनि यसलाई सकारात्मक लिदै केन्द्रीय बिभाग प्रमुखमा सचिवालय सदस्यहरुलाइ समेत जिम्मेवारी दिने गरी सचिवालय बैठकको तयारी गरिएको महासचिव पौडेलको भनाइ छ ।

आगामी साउन २८ गते बस्ने सचिवालय बैठकमार्फत केन्द्रीय बिभागको जिम्मेवारी वाँडफाँड र जनवर्गीय संगठनको इन्चार्ज र सहइन्चाजको नामको टुंगो लगाउने, पोलिटव्युरो गठन, केन्द्रिय कमिटिको कार्यविभाजन लगाएतका एकताका बाँकि कामहरुको टुंगो लगाउने तयारी नेकपाको सचिवालय बैठकको रहेको छ ।

पार्टी भित्र टुंगो लगाउनु पर्ने महत्वपूर्ण विषयहरु थाँती राखेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल परिवारसहित युएई भ्रमणमा र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जाने कार्यक्रम तय हुँदा नेकपा सचिवालय बैठक लामो समय स्थगित हुन पुगेको थियो ।

प्रधानमन्त्री सोमबार स्वदेश फर्कनु हुने र लगत्तै मंगलबार बैठक बोलाइएकोले २८ गतेको सचिवालय बैठक बस्छ कि बस्दैन भन्नेमा अझै अन्यौलता नै देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);