स्वर्ण पदक बिजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कास्य पदक विजेतालाई ५ हजारका दरले सम्मान
काठमाडौं, ९ जेठ । सशस्त्र प्रहरीले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई पदक जित्ने आफ्ना २ सय ४ जना खेलाडीलाई सम्मान गरेको छ । विहीवार सशस्त्र प्रहरी बल, हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेताहरुलाई जनही १० हजार नगद सहित सम्मान गर्नूभएको हो ।
त्यसैगरी कार्यक्रममा रजत पदक विजेतालाई जनही ७ हजार, कास्य पदक विजेतालाई ५ हजारका दरले सम्मान गरिएको थियो । प्रदेश–५ का विभिन्न स्थानमा गत चैत २७ गतेदेखि बैशाख १२ गते सम्म संचालन भएको प्रतियोगितामा नेपाल एपीएफ कल्बले ३५ विधा मध्ये २८ विधामा पदक जित्न सफल भएको थियो ।
![शैलेन्द्र खनाल](https://i0.wp.com/emountaintv.com/wp-content/uploads/2019/05/apfff.jpg?resize=925%2C533&ssl=1)