पूर्वराष्ट्रपति भण्डारीले दिइन् श्रीपञ्चमीको शुभकामना | ईमाउण्टेन समाचार

Our Network

साउन ४ २०८३, मंगलबार

पूर्वराष्ट्रपति भण्डारीले दिइन् श्रीपञ्चमीको शुभकामना

२०८१,१०,२१

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकालाई राम्रो शिक्षा दिनसके मात्र योग्य नागरिक बनाउन सकिने बताएकी छन्। श्रीपञ्चमी अर्थात् वसन्त पञ्चमीको अवसरमा शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले देश र समाजका कर्णाधार बालबालिकाको उज्ज्वल भविष्यका लागि आवश्यक वातावरणसहित ज्ञान र सीपले परिपूर्ण बनाउनुपर्ने धारणा व्यक्त गरेकी छन्।

“साना बालबालिकाको अक्षर आरम्भ गर्ने दिन पनि भएकाले उनीहरुले प्राप्त गर्ने ज्ञानले परिवार र समाजको चित्रण गर्दछ। बालबालिकालाई सही मार्गदर्शन गर्नु सबै अभिभावकको कर्तव्य हो”, भन्दै सामाजिक सञ्जाल एक्समार्फत उनले विद्याकी देवी सरस्वती माताको पूजा गर्ने दिन र ऋतुहरुमध्ये उत्तम मानिने वसन्त ऋतुको सुरुआत हुने दिनमा सबैलाई शुभकामना दिएकी छन्।

Leave a Reply