राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

राष्ट्रिय सभाको बैठक आज बस्ने, एक मात्र कार्यसूची

२०८१,१०,२०

राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे बस्ने बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने एक मात्रे कार्यसूची छ। प्रतिवेदन विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहाले पेश गर्ने संसद सचिवालयले जनाएको छ। यो विधेयकमाथि समितिमा दफावार छलफल सकेपछि प्रतिवदन पेश गर्न लागिएको हो।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दैछ । बिहान साढे १२ बजे बस्ने बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ।

Leave a Reply