वेष्ट इण्डिजविरुद्धको तीन टेष्टको श्रृंखलामा इंग्ल्याण्डको १–० को अग्रता | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

एजेन्सी , ४ भदौ । इंग्ल्याण्डले वेष्ट इण्डिजविरुद्धको पहिलो टेष्ट एक इनिङ र २ सय ९ रनले जितेको छ ।

 

 

इंग्ल्याण्डले भ्रमणकारी वेष्ट इण्डिजलाई पहिलो इनिङमा १ सय ६८ तथा दोस्रो इनिङमा १ सय ३७ रनमा सीमित गरी तीन टेष्टको श्रंखलामा १–० को अग्रता लिएको हो । वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा दुवै इनिङमा गरी जेम्स एण्डरसन र स्टुआर्ट बोर्डले समान पाँच तथा टबी रोल्याण्ड जोन्सले ४ विकेट लिए । वेष्ट इण्डिजका लागि पहिलो इनिङमा जर्मन ब्ल्याकवुडले सर्वाधिक ७९ तथा दोस्रो इनिङमा ब्राथवेटले सर्वाधिक ४० रन जोडे ।

 

 

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५ सय १४ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);