डाइभर्सन बनाएर चलाईयो दाउन्नेको बाटो, ६ दिनपछि पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा सुचारु | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

नवलपरासी, १ भदौ । अविरल वर्षा र बाढी पहिरोका कारण अवरुद्ध रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ।

 

नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका ५० ५० जनाको टोली परिचालन गरि बुधबार डाईभर्सन बनाउने काम सकिएपछि आज बिहान ७ बजेदेखि गाडी चल्न थालेका छन्।

 

गत साउन २७ गतेदेखि अविरल वर्षा पछि आएको भीषण पहिरोका कारण दाउन्नेमा झण्डै ६० मिटर पिच सडक भासिएपछि पूर्व–पश्चिम आवागमन पूर्ण रुपमा ठप्प भएको थियो। डाइभर्सन सञ्चालनमा आएपछि अहिले एकतर्फी रुपमा बाटो खुलेको छ।

ताजा समाचार