बाग्मती सफाइ अभियान सुरु भएको २५१ हप्ता पूरा, काठमाडौँ बासीले छाडेनन् नदीमा फोहोर फ्याँक्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

बाग्मती सफाइ अभियान सुरु भएको २५१ हप्ता पूरा, काठमाडौँ बासीले छाडेनन् नदीमा फोहोर फ्याँक्न

bagmati sapahai

काठमाडौं, २० फागुन । जनस्तरबाट सुरु भएको बागमति सफाई अभियानलाई सरकारले पनि साथ दिएको छ । यो अवधिमा ८ लाख भन्दा बढि हातहरु बागमति सफाईमा सहभागी भएका छन । स्कुले बिधार्थीदेखि नेपाली सेना र बिभिन्न सस्थाका प्रतिनिधी एवम सर्वसाधारणको सक्रियताको कारण बागमति नदी बाट २५१ हप्ताको अवधीमा सयौ टन फोहोर निकालिएको छ ।

५ वर्षको अवधिमा सफाईमा खर्च नभए पनि बृक्षा रोपण र ढल ब्यवस्थापनमा लागी लगभग २ अर्ब रुपिया खर्च भएको अधिकार सम्पन्न बागमति सरसफाई अभियानले जानकारी दिएको छ । फाहोर सफा गर्दा एकातिर बागमति सफाई अभियान चलिरहदा अर्कोतिर काठमाडौं बासीले नदीमा फोहोर फाल्न भने छाडेका छैनन् ।

बिगत ५ वर्ष देखिनै निरन्तर रुपमा बागमति सरसफाई अभियानमा साथ दिदै आएकी दुर्गा रावल पहिलाको तुलनामा बागमती सफा भएपनि हुने खाने र शिक्षित बर्गले फाहोर फाल्ने र ढल मिसाउने गरेका कारण सफाई अभियान साचे जस्तो र प्रभावकारी हुन सकेको छैन । फुलमाला आलेको रिपोट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);