वागमतीका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८२, शुक्रबार

वागमतीका मुख्यमन्त्री लामाद्वारा पदबाट राजीनामा

काठमाडाैं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिनुभएको छ । पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिनुभएको हो ।

२०८१ साउन ९ गते वागमती प्रदेशको मुख्यमन्त्रीअुनु भएका लामा पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएसँगै राजीनामा दिनुभएको हो । प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा पत्र बुझाएपछि उहाँले राजनीतिक षड्यन्त्रबाट सरकार ढालिएको आरोप लगाउनुभयो ।

उहाँले आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत प्रस्तुत गर्नुभयो । आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको उहाँलेको दाबी गर्नुभयो । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, राजश्व संकलन वृद्धि गरेको, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको समेत उहाँले बताउनुभयो ।

सुशासन प्रवर्द्धन निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उहाँको भनाई छ सत्तासाझेदार एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अबका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार चलाउनु हुने छ ।

Leave a Reply