सत्ता साझेदार ५ दलबीच सबै तहका सरकारलाई प्रभावकारी बनाउने सहमति | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

सत्ता साझेदार ५ दलबीच सबै तहका सरकारलाई प्रभावकारी बनाउने सहमति

काठमाडौं,३० फागुन । सत्ता साझेदार माओवादी केन्द्र,एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका बिच सात बुँदे सहमति भएको छ । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरुबिच सात बुँदे सहमति भएको हो ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष मावधकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबिच जनचाहनाअनुरूप सुशासन, विकास र सामाजिक न्यायका आकाङ्क्षा पूरा गर्न, राष्ट्रिय हित र सरोकारलाई प्राथमिकतामा राखेर सन्तुलित र फराकिलो अन्तर्राष्ट्रिय सम्बन्धको विकास गर्न तथा नेपालको संविधानको मर्म र भावनाअनुरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धिको दिशामा प्रभावकारी ढङ्गले अघि बढ्ने सहमत भएको हो । यसैगरी, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग संवाद अघि बढाउने र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरु सहमतिका आधारमा अविलम्ब टुङ्ग्याउने पाँच दलबिच सहमति भएको छ ।

यसैगरी, सङ्घीयता कार्यान्यनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने, देशका आर्थिक समस्याहरु सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदृढ बनाउन सरकारको नीति तथा कार्यक्रमलाई मार्गदशएन गर्ने गरी सरकारमा सहभागी दलहरु बिचमा साझा न्यूनतम कार्यक्रम तयार गर्ने र पाँच राजनीतिक दल राष्ट्रिय स्वाधिकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सुदृढ गर्न तथा समाजवादउन्मुख आर्थिक–सामाजिक विकासका लागि राजनीतिक स्थायित्वको दिशामा अघि बढ्न सहमत भएको सहमति पत्रमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);