अस्पतालको लापरवाहीले १४ वर्षीया नावालिगको वीर अस्पतालमा विचल्ली | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

अस्पतालको लापरवाहीले १४ वर्षीया नावालिगको वीर अस्पतालमा विचल्ली

काठमाडौं, २४ भदौ । चौबिसै घण्टा पिसाब बगिरहने समस्यासँग जुधिरहेकी दैलेख भगवतीमाई–५ का हिरा शर्मा पुनः वीर अस्पताल भर्ना भएकी छिन् । स्वाथ्यमा थप समस्या आएपछि उनलाई अस्पताल भर्ना गरेको बुवा खडकप्रसाद शर्माले बताए ।

बिरामी भएको सुरुवातमा हिराको प्रदेश अस्पताल कर्णाली कालागाउँमा उपचार हुँदै आएको थियो । उनको स्वास्थ्य बीमा पनि गरिएको छ । “सेवाग्राही अस्पताल प्रदेश अस्पताल कालागाउँ कर्णालीले आज भन्दा २ वर्ष अगाडी कान्तिबाल अस्पताल काठमाडौंमा बालिकालाई रेफर गरेको र कर्णाली प्रदेश अस्पताल कालागाउँले आफुले बालिका हिरा शर्मालाई ७ पटकसम्म उपचार गरेको तर एक बिमार उपचार अर्कै गरेको हो । अहिले नानीको नसाको अपरेसन वीर अस्पतालमा गर्न परेको छ । त्यहाँको लागि स्वास्थ्य बीमा रेफर गराउन मान्दैनन् ।”–हिराका बुवा शर्माले भने ।

तर, अहिले बालिका हिराको नसाको शल्यक्रिया काठमाडौंस्थित वीर अस्पतालमा हुन लागेको छ । कर्णाली अस्पताललाई स्वास्थ्य बीमा रेफर गरिदिन पटक–पटक आग्रह गर्दापनि अस्पताल प्रसासनले कानुनी हिसाबले दिन नमिल्ने बताएको  शर्माले गुनासो पोखे । “मलाई पटक–पटक मानसिक यातना दिइएको छ ।” उनले भने,”कर्णाली प्रदेश अस्पताल सुर्खेतले रोग पत्ता लगाउन पनि नसक्ने, सर्वसाधारण,गरिब जनतालाई लुट्न पनि नछोड्ने, बाहिर उपचार गर्न जान पनि नदिएर लुटीरहेको छ । यहाँका डाक्टर, चिकित्सक र अस्पताल प्रसासन सबै लुटेरा हुन् ।”

१३ वर्षीया हिराको नेपालमा उपचार सम्भव नभएपछि विदेश लैजान पर्याप्त रकम नभएको भन्दै बुवा शर्माले एक वर्ष अघि सबैसँग आर्थिक सहयोगको अपिल गरेका थिए । देश विदेशमा रहेकाहरुले गरेको सहयोगले केही राहत भएपनि पर्याप्त भने नभएको शर्मा बताउँछन् ।

उनले भने,‘अमेरिकाको सम्बन्धित रोग अस्पतालमा बुझ्दा १ लाख ५ हजार ३२७ अमेरिकी डलर लाग्ने जानकारी पाए । त्यत्ति रकम अमेरिकी अस्पतालको खातामा जम्मा गरेपछि टिकेट काटेर आउनु भनिएको छ । तर, हामीसँग त्यत्रो रकम छैन् । मेरो छोरीको उपचारको लागि सबैले सहयोग गरिदिनुहोला । छोरीलाई जसरी पनि हामी बचाउन चाहन्छौ ।’

जन्मिदा स्वस्थ जन्मिएका हिरालाई ९ वर्षदेखि युरिनरी ब्ल्याडर (२४ घण्टा पिसाब) भइरहने रोग लागेको थियो । हिरा यतिबेला २४ घण्टा पिसाब गरिरहने भएपनि हिडडुल गर्न सक्छिन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);