काठमाडौं, २४ भदौ । योनी एक स्व–सफाई गर्ने अंग हो, अर्थात् यसले आफ्नो हेरचाह गर्छ। तर योनिको पीएचले योनिको स्वास्थ्यमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ, जसको दायरा सामान्यतया ३.८ देखि ४.२ बीचको हुनुपर्छ। योनिको अम्लीय प्रकृतिले ब्याक्टेरिया र फंगसलाई बढ्नबाट रोक्छ, जसले संक्रमणको सम्भावना कम गर्छ। यसबाहेक, तपाईंको जीवनशैली, स्वच्छता अभ्यास र खानपानले महत्त्वपूर्ण भूमिका खेल्छ । थाहा पाउनुहोस् कुन खानेकुराले योनीलाई स्वस्थ राख्न सकिन्छ–
क्रेनबेरी रस
एन्टिअक्सिडेन्टले भरिपूर्ण यो फल इन्फेक्सनसँग लड्न फाइदाजनक हुन्छ । एन्टि–अक्सिडेन्ट र एसिडिक तत्व भएका कारण यसले ब्याक्टेरियासँग लड्न मद्दत गर्छ, जुन युरिनरी ट्र्याक्ट इन्फेक्सनबाट बच्न निकै उपयोगी हुन्छ । तर, स्वीटनर मिसाइएको जुसको सेवन नगर्नुहोस् ।
गुलियो आलु
यसको मीठो स्वाद बाहेक, यसले योनीको श्लेष्म तहलाई स्वस्थ राख्छ किनभने यसमा बिटा क्यारोटिन र भिटामिन ए पाइन्छ, जसले ब्याक्टेरियल भ्यागिनोसिसलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्छ ।
प्रोबायोटिक
ल्याक्टोबैसिलस ब्याक्टेरिया प्रोबायोटिक युक्त खानेकुरा जस्तै दहीमा प्रशस्त मात्रामा पाइन्छ । यो योनीका लागि मात्र होइन पेटका लागि पनि फाइदाजनक हुन्छ । प्रोबायोटिक युक्त खानाले योनिमा संक्रमणको सम्भावनालाई कम गर्छ र योनिको गन्ध र डिस्चार्जलाई कायम राख्न मद्दत गर्दछ किनभने यसमा ल्याक्टोबैसिलस ब्याक्टेरिया हुन्छ।
पत्तेदार हरियो तरकारी
हरियो तरकारी जस्तै पालक, काउली आदिमा एन्टिअक्सिडेन्ट, भिटामिन–ई, म्याग्नेसियम र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ, जसले रक्तसञ्चारलाई राम्रो बनाउन मद्दत गर्छ । यसका साथै यसले योनिको मांसपेशीलाई बलियो बनाउँछ र सुख्खा हुनबाट बचाउँछ ।
ओमेगा–३ फ्याटी एसिड
ओमेगा–३ फ्याटी एसिड सामन, अण्डा, अखरोट, फ्ल्याक्स सीडमा पाइन्छ। यसले रक्तसञ्चार बढाउँछ र महिनावारीको समयमा पनि फाइदाजनक हुन्छ । यसका अलावा अनार, अनानास, स्ट्रबेरी र स्याउमा पनि एन्टिअक्सिडेन्ट पाइन्छ, जुन योनीका लागि फाइदाजनक हुन्छ ।
आफ्नो डाइट बाहेक केहि अन्य कुराहरुमा ध्यान दिनुपर्छ–
टाइट अन्डरगार्मेन्ट नलगाउँदा फङ्गल इन्फेक्सनको सम्भावना बढ्छ।
योनिमा साबुन, स्याम्पु आदि नराख्नुहोस्, यसले पीएच स्तरमा बाधा पुग्न सक्छ।
पर्याप्त मात्रामा पानी पिउनुहोस्।




