सोलुखुम्बु, १६ कार्तिक । मुलुकभर निर्वाचनको लहर चलिरहेको बेला सोलुखुम्बुको तिङ्ला भने सुनसान छ।
स्थानीय तहको पुनसंचरनामा असन्तुष्टि जनाउँदै तिङ्लावासीले निर्वाचन गतिविधि गर्न दिएका छैनन् । स्वयत्त तिङ्लाको माग राख्दै आन्दोलन गरिरहेका उनीहरुले माग पूरा नभएसम्म निर्वाचन गर्न नदिने अडान लिएका छन् ।
तिङ्लालाई सोलुदुधकु्ण्ड नगरपालिकामा समायोजन गर्न नेचासल्यान गाउँपालिकाले जिल्ला समन्वय समिति सोलुखुम्बुमार्फत स्थानीय विकास मन्त्रायलमा पत्र पठाएपनि प्रक्रिया अगाडी बढेको छैन । तिङ्लामा २ हजार ५ सय ७५ जना मतदाता छन् ।