काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य २ सय रुपैँयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार मूल्य ९१ हजार १ सय रुपैँया कायम भएको छ । आइतबार सुनको मूल्य ९० हजार ९ सय रुपैँयामा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि १० रुपैँयाले बढेको छ । आइतबार १ हजार १ सय ८० मा कारोबार भएको चाँदी आइतबार १ हजार १ सय ९० रुपैँया कायम भएको छ ।