२४ घण्टामा १२ सय ५८ संक्रमणमुक्त, २४ सय ४५ जना संक्रमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

२४ घण्टामा १२ सय ५८ संक्रमणमुक्त, २४ सय ४५ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ५८ संक्रमणमुक्त भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ मा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएका ७ हजार ८ सय ३३ पीसीआर परीक्षणबाट १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टिजेन परीक्षणबाट ८ सय ३ मा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा ३२ संक्रमितले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ९ हजार ५ सय ८२ ले संक्रमणका कारण ज्यान गुमाईसकेका छन् ।

Leave a Reply