भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या १५०० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या १५०० पुग्यो

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण दैनिक मृत्यु हुनेको संख्या एक हजार ५ सय पुगेको छ ।

यो पनि पढ्नुहोस

भारतमा संक्रमणका कारण एकैदिन १३४१ को मृत्यु, २ लाख ३४ हजारभन्दा धेरै संक्रमित
भारतमा एकै दिन संक्रमित हुनेको संख्या २ लाख १७ हजार नाघ्यो

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५ सय १ को मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको तुलनामा एक सय ५९ बढी हो । अघिल्लो २४ घण्टामा एक हजार ३ सय ४१ ले संक्रमणका कारण ज्यान गुमाएका थिए । भारतमा हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख ७७ हजार १ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५ सयमा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या एक करोड ४७ लाख ८८ हजार एक सय ९ पुगेको छ ।

भारतमा हाल १८ लाख एक हजार ३ सय १६ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टाका एक लाख ३८ हजार ४ सय २३ सहित भारतमा संक्रमणमुक्त हुनेको कुल संख्या एक करोड २८ लाख ९ हजार ६सय ४३ रहेको छ ।

भारतमा हालसम्म १२ करोड २६ लाख २२ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाई सकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);