दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले | ईमाउण्टेन समाचार

Our Network

असोज २८ २०८३, बिहीबार

दुई अर्ब होइन, दुई रुपैयाँ बराबरको बद्मासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार छुः अर्थमन्त्री वाग्ले

विपक्षीहरुले करका दरमा अर्थमन्त्रीले चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रमाणित गर्न कडा चुनौती दिनुभएको छ । सांसदको सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कसैले अनुचित लाभ लिन हतारमा सवारीसाधन भित्र्याएको वा राजश्वमा क्षति पु¥याएको आरोप लगाउने हो भने त्यसका प्रमाण सार्वजनिक गर्न चुनौती दिनुभयो । समिति सदस्यहरुले दुई अर्व चलखेल भएको बताएपछि उहाँले दुई अर्ब मात्रै नभई होइन, दुई रुपैयाँ बराबरको बदमासी भएको प्रमाणित भए सार्वजनिक जीवन त्याग्न तयार रहेको घोषणा गर्नुभयो ।

उहाँले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिहरूले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याउनु भयो । बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उहाँको भनाइ छ ।

Leave a Reply

ताजा समाचार