कर्णाली सरकारले कोरोना संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कर्णाली सरकारले कोरोना संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्ने

karnali pradesh

सुर्खेत, ८ कार्तिक । कर्णाली प्रदेश सरकारले लक्षणसहितका कोरोना संक्रमितको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले यो सहित १६ वटा निर्णय गरेको सरकारकी प्रवक्ता विमला केसीले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा शुक्रबारसम्म ८६ हजार ३ सय ५ जनाको पीसीआर परीक्षण भएकोमा ५ हजार ७ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिले १ हजार १ सय ८७ जना संक्रमित आइसोलेसनमा छन् ।

कोरोनाबाट १५ जनाको मृत्यु भएको छ । सरकारकी प्रवक्ता केसीले मन्त्रिपरिषद्को बैठकले आइतबार राति १२ बजेदेखि प्रदेशसभाको छैटौं अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको पनि बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);