देशभर साढे ३३ हजार भन्दा बढीको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

देशभर साढे ३३ हजार भन्दा बढीको कोरोना परीक्षण : स्वास्थ्य मन्त्रालय

corona press baisakh 6

काठमाडौं, ८ वैशाख । सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्‍यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उहाँले बताउनुभयो । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ ।

सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् । सुदूरपश्चिममा सोमबारसम्म ५ हजार ५ सय ७८ जनाको नमुना परीक्षण भएको छ ।

यसैगरी बाग्मती प्रदेशमा ४ हजार ६ सय ७६ नमुना परीक्षण भएका छन् । गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश नम्बर १ मा २ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३८ र कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिले देशभरी ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र उपत्यका बाहिर १ सय ७ सहित १ सय ११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले कोरोना सम्बन्धि जिज्ञासा सुन्न निःशुल्क हट लाइन नम्बरहरु सञ्चालनमा लिएका छन् ।

गण्डकी प्रदेश सरकारलाई १०९२ र सुदूरपश्चिम प्रदेश सरकारलाई ११४८ नम्बरमा निःशुल्क कल गरेर जिज्ञासा राख्न सकिने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);