खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

झापा, २२ असोज । झापा र सुनसरीबाट लागूऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड –९ नरियाबारीमा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । हिजो साझँ ६ बजे उनलाई बिर्तामोड सैनिकमोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यसैगरी सुनसरीको ईटहरी–५ का २३ बर्षीय प्रविण राई खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ परेका छन । उनलाई हिजो अपरान्ह ५ बजे ईटहरीको एक होटलबाट नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राईलाई नियन्त्रणमा लिएसंगै उनिमाथी चेकजाँच गर्दा उनको कोठा खानतलासी गर्ने क्रममा प्लाष्टिकमा पोका पारि लुकाई छिपाई राखिएको अवस्थामा ३८ ग्राम ४० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै राईको साथबाट नगद १ लाख ५० हजार समेत फेला पारी बरामद गरिएको छ । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले राय र राईलाई ब्राउनसुगर सहित पक्राउ गरेको हो प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);