वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने नेकपाको निर्णय

काठमाडौं, १८ भदौ । सत्तारुढ नेकपाले राष्ट्रियसभामा रिक्त एक मनोनीत सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफरिस गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रिय सभा सदस्यमा गौतम सिफारिस हुने जानकारी गराउनुभएको थियो । यसअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री युवराज खतिवडालाई पठाउने कि गौतमलाई पठाउने भन्नेमा नेकपाभित्र विवाद थियो ।

यसैगरी बैठकमा पार्टी विवाद समाधानका लागि कार्यदलले दिएको प्रतिवेदनका विषयमा पनि छलफल भएको थियो । बैठकले बागलुङ् जिल्लाको ढोरपाटनमा बाढीबाट हुन गएको क्षतिप्रति दुख व्यक्त गर्दै सरकालाई उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्रतापूर्वक व्यवस्थितरुपमा अगाडि बढाउन आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);