दोस्रो टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

दोस्रो टी–ट्वान्टी क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डको जित

एजेन्सी, १५ भदाै । घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको दोस्रो टी–ट्वान्टी क्रिकेटमा जित निकालेको छ। आइतबार राति म्यानचेस्टरमा भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेट पराजित गर्दै पजत निकालेको हो ।

पाकिस्तानले दिएको १ सय ९६ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डाविड मालनले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक इंग्ल्यान्डका जोनी बेयर्स्टोले ४४ तथा टम बानटनले २० रन बनाए ।

पाकिस्तानका शादब खानले ३ तथा हरिस राउफले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो । पाकिस्तानको लागि मोहमद हाफिजले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान बाबर आजमले ५६ रनको इनिङ्स खेले ।

फकर जमानले ३६ रन बनाए । इंग्ल्यान्डका आदील राशिदले २ विकेट लिए । यस्तै क्रिस जोर्डन र टम करणको नाममा १/१ विकेट रह्यो । दोस्रो टी–ट्वान्टीमा जित निकालेसँगै तीन खेलको सिरिजमा इंग्ल्यान्डले १–० को अग्रता बनाएको छ । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल सेप्टेम्बर १ मा हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);