लकडाउनको विकल्प खोज्न नेपाल विज्ञापन संघको आग्रह (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

लकडाउनको विकल्प खोज्न नेपाल विज्ञापन संघको आग्रह (विज्ञप्तिसहित)

काठमाडौं, २० जेठ । नेपाल विज्ञापन संघले आम नागरिकको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको विकल्प खोज्न सरकारसँग आग्रह गरेको छ । गत चैत्र ११ गते देखि देशव्यापीरुपमा लगाएको लकडाउनलाई पुनः २०७७ जेष्ठ ३२ गते सम्मका लागि कायम राख्ने निर्णय गरेसँगै लामो समयसम्मको लकडाउनले गर्दा आम जनजीवनमा असर परेको भन्दै यसमा पुनर्विचार गर्न संघले आग्रह गरेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै विज्ञापन संघले आर्थिक रुपमा क्षतिका अलावा अरबौको लगानी समेत डुुव्ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूूमिका निर्वाह गर्दे रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई संगसंगै अगाडि वढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरि मध्यम मार्ग प्रसस्त गर्न अपरिहार्य रहेको बताएको छ ।

साथै संघले सरकारले जारी गरेको कोरोना भाइसरबाट बच्ने उपायहरुको पूर्णपालना गर्दै स्वास्थ्य सम्बन्धी जानकारीलाई सिरोपर गर्ने शर्तमा व्यवसाय तथा उद्योगहरु यथाशक्य सञ्चालनमा ल्याउनका लागि समेत हार्दिक अनुरोध गरेको छ । अन्यथा देश गहिरो आर्थिक संकटमा परी आमनागरिक भोकमरीको शिकार हुनसक्नेतर्फ सचेत रहन समेत संघ सरकारको ध्यानाकर्षण गराएको छ ।

उद्योग,व्यवसाय, कलकारखाना, सेवा,उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरि विस्तारै सुरक्षित तवरवाट जनजिवनलाई सहज हुने गरि केहि खुकुलो पार्न आवश्यक भएकाले आम नागरिकको स्वास्थ्य एवं जनजिविकालाई पुर्नविचार गर्दै लकडाउनको तरिकालाई बिश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजि गर्न नेपाल सरकार समक्ष नेपाल विज्ञापन संघ हार्दिक अनुरोध गरेको छ।
AAN press

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);