च्याम्पियन्स लिग र युरोपा लिगको फाईनल अगष्टमा हुने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

च्याम्पियन्स लिग र युरोपा लिगको फाईनल अगष्टमा हुने सम्भावना

cl-el

एजेन्सी, ११ वैशाख । युरोपियन च्याम्पियन्स लिग र युरोपा लिगको फाईनल अगष्टमा हुने सम्भावना बढेको छ । युरोपेली फुटबल महासंघ युईएफएले सदस्य राष्ट्रसंग छलफल गरेपछि उक्त २ प्रतियोगिताका फाईनल अगष्टमा हुने सम्भावना बढेको हो ।

दुवै प्रतियोगिताका बाँकी खेलहरु जुन, जुलाई र अगष्टमा सञ्चालन गर्न सकिनेमा सबै आस्वश्त भएपछि फाईनल अगष्टमा हुने सम्भावना बढेको हो । युईएफएले युरोपका धेरै घरेलु प्रतियोगिताहरु जुलाई मसान्तभित्र सक्ने तयारी गरिरेको छ । लगत्तै युरोपेली फुटबल प्रतियोगिताहरु सञ्चालन हुनेछन । कुनै बिषय टुंगो नलागेपनि युईएफएले सबै विकल्प खुल्ला राखेको छ ।

युरोपेली प्रतियोगिता खेल्न टोली एक अर्काको देशमा सहजै जाने सम्भावना अगष्ट महिनामा हुन सक्ने युईएफएको अनुमान छ । योजना अनुसार अगष्ट ११ देखि २२ सम्म च्याम्पिन्स लिग र युरोपा लिगको क्वार्टरफाईनल र सेमिफाईनलको खेल सकिनेछ ।

पछिल्लो समय कम्तीमा अगष्टको सुरुवाती हप्तामा घरेलु फुटबल सक्ने तयारी गरिएको छ । जुलाईमा लिग सक्न असंम्भव देखिएको अवस्थामा अगष्टको पहिलो सातासम्म घरेलु लिग सक्ने गरि छलफल अघि बढेको हो ।

इंग्लीस प्रिमियर लिगमा अझै ९ चरणको खेल बाँकी छ । त्यसैगरी स्पेन र ईटालीमा ११ औ र १२ औं चरणको खेल सम्पन्न गर्नुपर्नेछ । कोरोना भाईरसको प्रकोपबाट स्पेन र ईटालीनै धेरै प्रभावित छन् । युईएफएले प्रतियोगिताको स्पष्ट तालिका निस्कन अझै केही हप्ता लाग्ने उल्लेख गरेको छ ।