अधिकांश सरकारी कार्यालय सुनसान, वकिल कार्यालय विगतको भन्दा चाप बढि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अधिकांश सरकारी कार्यालय सुनसान, वकिल कार्यालय विगतको भन्दा चाप बढि

wakil adalat

काठमाडौं, २ वैशाख । लक डाउनका कारण अधिकांश सरकारी कार्यालयहरु सुनसान देखिएपनि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा विगतको भन्दा चाप बढेको छ । विश्वव्यापी कोरोना महामारीको कारण अत्यावश्यक सेवा बाहेकका कार्यालयहरु बन्द रहेपनि सरकारी वकिल कार्यालयमा भने विगतको भन्दा कामको चाप बढेको हो ।

पक्राउ पूर्जी जारी गर्नुपर्ने, म्याद थप, बन्दी प्रत्यक्षीकरणका मुद्दाहरुको सुनुवाई लगायतका कामहरु लक डाउनको समयमा पनि जारी रहेको सरकारी वकिल कार्यालयका सह महान्यायधीवक्ता हरी प्रसाद रेग्मीले बताउनुभयो । सह महान्यायधीवक्ता रेग्मीले दिनदिनै आएर काम नगरे हदम्याद जाने, व्यक्तिले न्याय नपाउने र अभियुक्त छुटेर जाने सम्भावना रहेको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);