स्वरोजगार कोषका उपाध्यक्षद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

स्वरोजगार कोषका उपाध्यक्षद्वारा पदभार ग्रहण

काठमाडौं, ३ भदौ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका नवनियुक्त उपाध्यक्ष डा. देवराज रोकाले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ । आज पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष डा. रोकाले कोभिड—१९ का कारण देश विदेशमा रोजगारी गुमाएका युवाहरुलाई निराश हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

कोरोनाका कारण कोषको दायित्व र भूमिकाहरु बढाएको उहाँको भनाई छ । विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा रोजगारी गुमाउने युवाहरुको संख्या ठूलो रहेकाले कोषको भूमिका र दायित्व अझ बढेको उहाँले बताउनुभयो । सेवा र उद्योग क्षेत्रबाट रोजगारी कटौती हुँदै गरेको अवस्थामा स्वरोजगार कोषको भूमिका अझ बढेको उहाँले बताउनुभयो । कोभिडले थपेको चुनौतीकाबिच सम्भावनाहरु खोजेर काम गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।

अरु सरकारी कार्यालयहरु भन्दा दिन दुई गुणा र रात चार गुणा काम गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । सरकारले सोमबार डा. रोकालाई स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले रोकालाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);