‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने सरकारको घोषणा

rabindra-smriti sabha2

काठमाडौं, १५ फागुन । सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । बिहीबार पर्यटन मन्त्रालयमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

अधिकारीले एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएको थियो । अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको मन्त्री भट्टराइले जानकारी दिनुभयो ।

कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन पारेर आगामि बैसाख २२ गते वितरण गरिनेछ । अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने मन्त्री भट्टराइले जानकारी दिनुभयो ।

गत वर्ष फागुन १५ गते तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि काठमाडौं फर्कने क्रममा तत्कालिन मन्त्री अधिकारी सहित सात जना सवार हेलिकप्टर ताप्लेजुङमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मन्त्री अधिकारीसँगै नेपाल सरकारकाउपसचिव युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको थियो ।

rabindra-smriti sabha
rabindra-smriti sabha1

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);