गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको ओलीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

गालीको कुटिर उद्योग काँग्रेसले नै चलाइरहेको ओलीको आरोप

काठमाडौं,१४ चैत्र । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको आरोप लगाउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित वागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति इंगित गर्दै काँग्रेसले नै गालीको कुटिर उद्योग चलाइरहेको बताउनु भयो । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा महामन्त्री शर्माले कम्युनिष्टहरुको सत्ता समीकरण बनेसँगै अब गालीको कुटिर उद्योग बन्द हुने भन्दै अध्यक्ष ओलीप्रति टिप्पणी गर्नुभएको थियो । सोही विषयमा अध्यक्ष ओलीले नेकपा एमालेको बिरुद्धमा झुटो बोलेर र बेइमानी गरेर काँग्रेसले नै गालीको कुटिर उद्योग चलाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अस्ति एउटा थोत्रा पार्टीको मान्छेले एउटा ठिटाले मलाई गाली गरेको सुनेथेँ । गालीको कुटिर उद्योग बन्द हुन्थ्यो, कुटिर उद्योग नै होइन नि यो । किन चलाउनुपर्छ उद्योग । चलाउनै पर्दैन नि । गालीको कुटिर उद्योग त उनीहरुले चलाइरहेका छन् । हाम्रा बिरुद्ध झुट बोलेर, बेइमानी गरेर । त्यो सारा सुनका केजाति लगाइदिने, फोटो बनाउने, सुनैसुनका । संसारमा कसैले त्यस्तो गहना लाएको देखेको छैन ।’

अध्यक्ष ओलीले काँग्रेस विचार नभएको पार्टी हो भन्दा कसरी गाली भयो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले काँग्रेस नयाँ विचार बोकेको र ल्याइरहेको पार्टी हो भनेर आफूले झुटो बोल्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले २०८१ साललाई शुद्धिकरण र सुदृढिकरणको वर्ष बनाउने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);